योजना आयोगका उपाध्यक्षको स्वदेश आगमन
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ स्वदेश फर्कनुभएको छ । उहाँ चीनको राजधानी बेइजिङबाट हिजो राति ११ बजे काठमाडौं आइपुग्नुभएको हो ।
उपाध्यक्ष श्रेष्ठ चाइना साउदर्न एअरलाइन्सको उडान नम्बर सीजेड ३०६७ बाट गोङझाउ हुँदै फर्कनुभएको हो । उहाँ गत शनिबार बिहान काठमाडौंबाट हिमालय एअरलाइन्सको उडानमा सोझै राजधानी बेइजिङ जानुभएको थियो ।
टिप्पणीहरू