नवीकरण नगरेका क्याम्पसको सूची सार्वजनिक, कारबाही प्रक्रिया अघि बढ्यो

नवीकरण नगरेका क्याम्पसको सूची सार्वजनिक, कारबाही प्रक्रिया अघि बढ्यो

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका तर नवीकरण नगरेका क्याम्पस तथा कलेज कारबाहीमा पर्ने भएका छन् । 

यसअघि नवीकरणका लागि पटक-पटक आग्रह गरेपनि अटेरी गरेको भन्दै त्रिविले त्यस्ता कलेजलाई कारबाही गर्न प्रक्रिया अघि बढाएको जानकारी दिएको हो । आज सूचना प्रकाशित गर्दै त्रिविले नवीकरण नगरेका क्याम्पसको सूची बेवसाइटमा प्रकाशित गरिएको बताएको छ । 

साथै, कुनै क्याम्पस नवीकरण प्रक्रियामा भए यथासक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न पनि भनिएको छ । 

‘त्रिविबाट सम्बन्धन प्राप्त गरी हाल सञ्चालनमा रहेका क्याम्पसलाई गोरखापत्रमार्फत पटक पटक सम्बन्धन नवीकरण गर्नका लागि सूचित गरी नवीकरण नगरे किन सम्बन्धन खारेज नगर्ने ? भन्ने सूचना सम्प्रेषण गर्दा पनि सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरुको सूची त्रिविको बेवसाइटमा प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ,‘त्रिवि सम्बन्धन समितिको निर्णयअनुसार नवीकरण नभएका उक्त क्याम्पसहरुलाई त्रिवि नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाउने व्यहोरा जानकारी गराइन्छ ।’

टिप्पणीहरू