प्रधानमन्त्रीको पत्नी वियोगमा रास्वपा मर्माहत

प्रधानमन्त्रीको पत्नी वियोगमा रास्वपा मर्माहत

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुःख व्यक्त गरेको छ । 

प्रवक्ता डा. मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै सीताको निधनले आफूहरु मर्माहत र स्तब्ध भएको बताएका हुन् । ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको आज मिति २०८०।०३।२७ गते बिहान असामयिक निधन भएको खबरले हामी मर्माहत र स्तब्ध भएका छौँ’, शोक वक्तव्यमा भनिएको छ ।

 

रास्वपाले मृतआत्माको चीर शान्तिको कामना गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

टिप्पणीहरू