जसपाका वकिलहरू बूढानीलकण्ठ नजिकै जुट्ने

जसपाका वकिलहरू बूढानीलकण्ठ नजिकै जुट्ने

जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ ।  

आगामी साउन ५ र ६ गते काठमाडौंको शिवपुरीस्थित नोभा रिसोर्टमा जसपा निकट संघीय कानून व्यवसायी एसोसिएसनले राष्ट्रिय सम्मेलन गर्न लागेको हो । दुई दिवसीय उक्त सम्मेलनको उद्घाटन जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्नेछन् । 

एसोसिएसनका राष्ट्रिय अध्यक्ष अधिवक्ता दिपक राईका अनुसार सम्मेलनमा मुलुकभरका करिब डेढ सय कानून व्यवसायीहरुको सहभागिता रहनेछ । आयोजक समितिले व्यवस्थापन, आर्थिक, प्रचारप्रसार र जनसम्पर्क समिति समेत गठन गरेको बताइएको छ । 

जसपानिकट कानून व्यवसायीहरुको यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासंघअन्तर्गतको मुख्य घटक संगठनको रुपमा क्रियाशील छ ।

टिप्पणीहरू