साउन लागेपछि कडाईका साथ कर्मचारी समायोजन गरिनेछ : सामान्य प्रशासनमन्त्री
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नयाँ आर्थिक वर्षदेखि निजामती कर्मचारी समायोजन कडाईका साथ कार्यान्वयन गरिने बतानुभएको छ । उहाँले सङ्घीय निजामती सेवा ऐन पनि छिट्टै आउने प्रतिबद्धता जनाउनुभएको छ ।
मन्त्री मोदीले आज बसेको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उक्त धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘सङ्घीय निजामती सेवा ऐन चाँडै नै आउँछ । त्यसमाथि धेरै पटक छलफल भएको छ ।’ दुर्गममा कर्मचारी अभाव, सुगममा थुुप्रिने प्रवृत्तिले प्रशासन डाँवाडोल भएको उहाँको भनाई छ ।
टिप्पणीहरू