दासढुंगामा बस दुर्घटना, बर्दियामा ट्याक्टर
चितवनको दासढुंगामा बस दुर्घटना भएको छ । बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा १९ जना घाइते भएका छन् ।
झापाको काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाह बस सडकबाट १० मिटर तल खसेको छ । बसमा रहेका ४० जना यात्रुमध्ये घाइते १९ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा चालक पनि घाइते भएका छन् । सडकबाट खसेको बस भीरमा अड्किएकाले त्रिशुली नदीमा खस्नबाट जोगिएको छ ।
उता बर्दियामा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ । ठाकुरबाबा नगरपालिका १, गंगटेखोलामा प २०३ त ४८९ नम्बरको ट्याक्टर मध्यरातमा पल्टेको हो । ट्याक्टर चालक २७ वर्षे मानव थारुको घटनास्थलमा मृत्यु भएको बताइएको छ । सहचालक १४ वर्षे योगेश थारुको भुरीगाउँस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
टिप्पणीहरू