अमेरिकी  सहायकमन्त्री बिहान आएर राति फर्कने, प्रधानमन्त्रीदेखि एमाले अध्यक्षसम्म भेट्ने

अमेरिकी  सहायकमन्त्री बिहान आएर राति फर्कने, प्रधानमन्त्रीदेखि एमाले अध्यक्षसम्म भेट्ने

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आउँदैछन् । उनी बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको छ ।

दक्षिण तथा मध्य एसिया मामिला सम्बन्धी सहायकमन्त्री डोनाल्ड विमानस्थलबाट बत्तिसपुतलीस्थित होटल द्वारिका गएर केहीबेर आराम गरेपछि दिउँसो १ बजे महाराजगञ्जस्थित अमेरिकी दूतावास पुग्नेछन् । त्यहाँबाट उनी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्न चप्पल कारखानास्थित देउवाको अस्थायी निवासमा दिउँसो पौने ३ बजे पुग्ने कार्यक्रम छ । 

चप्पल कारखानाबाट निस्केपछि उनी सोझै स्वयम्भू नजिकै जाने भनिएको छ । छाउनीमा करिब आधा घण्टा बिताएपछि अमेरिकी सहायक विदेशमन्त्री साढे ४ बजे सिंहदरबार पुगेर परराष्ट्र मन्त्रालयमा मन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने बताइएको छ ।

त्यसपछि उनी सोझै ललितपुरको च्यासलस्थित एमाले मुख्यालय जानेछन् । त्यहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेपछि साँझ ६ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न उहाँको सरकारी निवास बालुवाटार पुग्ने कार्यक्रम मोटामोटी तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

प्रधानमन्त्रीसँग कुराकानी गरेपछि राति होटल द्वारिकामा फर्कने र त्यहाँ आयोजित रात्रिभोजमा सहभागी भएपछि उनी राति २ बजे कतार एअरवेजको उडानमा काठमाडौंबाट दोहा प्रस्थान गर्ने भ्रमण तालिका बनाइएको छ ।

टिप्पणीहरू