बालककाे निधनपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव, सेवा ठप्प

बालककाे निधनपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव, सेवा ठप्प

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा ठप्प भएको छ । प्रतिष्ठानमा उपचाररत बालकको निधनपछि मृतकका आफन्तद्वारा धर्ना दिएकाले प्रतिष्ठानमा तनाव भएको बताइएको छ ।

घोराही उपमहानगरपालिका ३ का १० वर्षीय क्राकोस नेपालीको उपचारको क्रममा हिजो मृत्यु भएको हो । चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालकको मृत्यु भएको आरोप लगाउँदै आफन्तले प्रतिष्ठान घेरेका छन् । उनीहरुले दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग राखेका हुन् ।

प्रतिष्ठानले घटना छानबिन समिति गठन गर्ने र बालककी आमालाई रोजगारी र उपचार खर्च व्यहोर्ने बताएको छ । तर पीडित पक्षले धेरै रकम मागेपछि सहमति हुन नसकेको बताइन्छ  । बालक नेपालीको एमआरआई गर्ने क्रममा अक्सिजन सिलिन्डरबाट ग्यास लिक हुँदा मृत्यु भएको परिवारको दाबी छ ।

टिप्पणीहरू