नेपाली सेनाको अवस्था बुझ्न कंगो गएको रक्षा सचिवको टोली फर्कियो

शान्ति मिसनका लागि कंगोमा तैनाथ नेपाली सेनाको अवस्था बुझ्न गएको रक्षा सचिव नेतृत्वको पाँच सदस्यीय टोली आज स्वदेश फर्किएको छ ।
भिस्तारा एयरको उडान नम्बर युके १५५ मा कंगोबाट नयाँ दिल्ली हुँदै रक्षा सचिव नेतृत्वको टोली साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । टोलीमा रक्षा सचिव किरणराज शर्मा, सहसचिव प्रकाश पौडेल, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, सहायक रथी कुमारबाबु थापा र विक्रम देव गिरी रहेका छन् ।
कंगोमा तैनाथ नेपाली सेनाको अपरेशनल र बन्दोबस्ती पक्षको निरीक्षण गर्न रक्षा सचिव नेतृत्वको टोली गत असार १८ गते त्यहाँ पुगेको थियो ।
टिप्पणीहरू