एमाले सचिवालय बैठक दुई घण्टा ढिलो
एमालेले आज डाकेको सचिवालय बैठक दुई घण्टा पछाडि सारिएको छ ।
बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ बजे राखिएको बताइएको छ । बैठक पार्टी मुख्यालय च्यासल, ललितपुरमा हुँदैछ ।
बैठकमा पछिल्लो राजनीतिक राजनीतिक घटनाक्रमको समीक्षा, कार्यविभाजन अनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनका पछिल्ला गतिविधि र पुष्पलाल स्मृति दिवस सम्बन्धमा छलफल हुने बुझिएको छ ।
टिप्पणीहरू