नेदरल्याण्डका गैरआवासीय राजदूत दिल्ली फर्के
नेपालका लागि नेदरल्याण्डका गैरआवासीय राजदूत नयाँ दिल्ली फर्केका छन् । राजदूत मार्टेन भान डेनबर्ग आज बिहान काठमाडौंबाट त्यसतर्फ गएका हुन् ।
उनी एअर इण्डियाको उडान नम्बर एआई २१४ मा बिहान १० बजे नयाँ दिल्लीका लागि उडेका हुन् ।
राजदूत मार्टेन भारतका लागि आवासीय राजदूत हुन् । उनलाई नेपाल र भुटान हेर्ने जिम्मेवारी पनि दिइएको छ ।
टिप्पणीहरू