विमानस्थलको अध्यागमनबाट फेरि महिला यात्रुलाई फर्काइयो

विमानस्थलको अध्यागमनबाट फेरि महिला यात्रुलाई फर्काइयो

कुवेत जान लागेका नेपाल महिलाहरु फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट फर्काइएका छन् । सलाम एअरको उडान नम्बर ओभी ४२७  र कुवेत एअरद्वारा ओमानको मस्कट हुँदै कुवेत जान लागेका १३ जना महिला गएराति फर्काएका  हुन् । 

उनीहरुको भिसा शंकास्पद देखिएको र आवश्यक कागजात नपुगेको भन्दै उनीहरुलाई विमानस्थल अध्यागमन कार्यालयले फर्काएको बताइएको छ । राति सवा १ बजेको उडानमा जान लागेका उनीहरुलाई मध्यराति १२ बजे विमानस्थलबाट बाहिर निकालिएको थियो ।

पछिल्लो तीन दिनमा यसरी विमानस्थलबाट फर्काइएका महिला कामदारको संख्या करिब डेढसय पुगेको बताइन्छ ।

टिप्पणीहरू