सहसचिव लोकबहादुर थापा स्थायी प्रतिनिधिमा, अरु पाँच जना विभिन्न नियोगमा राजदूत सिफारिस

सहसचिव लोकबहादुर थापा स्थायी प्रतिनिधिमा, अरु पाँच जना विभिन्न नियोगमा राजदूत सिफारिस

सरकारले विभिन्न मुलुकमा रहेका छ वटा नियोगमा राजदूत सिफारिस गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले छ जना सहसचिवलाई विभिन्न नियोगमा राजदूतमा सिफारिस गरेको हो ।

जसअनुसार न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधिमा सहसचिव लोकबहादुर थापालाई सिफारिस गरिएको छ ।उता जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोगमा सहसचिव रामप्रसाद सुवेदी र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई सिफारिस भएका छन् ।

सहसचिव घनश्याम लम्साललाई कुवेत, तेजबहादुर क्षेत्री यूएई र धनबहादुर वली थाइल्यान्डका लागि राजदूत सिफारिस भएका हुुन् ।

टिप्पणीहरू