कोशी सरकार भंग गरियोस् : एमाले

कोशी सरकार भंग गरियोस् : एमाले

नेकपा एमालेले कोशी प्रदेशमा हालै गठित सरकारलाई असंवैधानिकको संज्ञा दिँदै तत्काल भंग गर्न माग गरेको छ । आज बसेको सचिवालय बैठकले नयाँ सरकार गठन गर्न कोशी प्रदेशमा वर्तमान सरकार भंग गर्नुको विकल्प नभएको ठहर गरेको बताइएको छ । 

एमालेले तटस्थ भूमिकामा रहनुपर्ने सभामुख बाबुराम गौतमको समेत दस्तखतमा नेपाली काँग्रेसका उद्धव थापालाई गठबन्धनले मुख्यमन्त्री बनाइएकोमा आपत्ति जनाएको हो । उसले सत्ता गठनमा सभामुखको समर्थनलाई असंवैधानिक कदम भनेको छ ।

यो विषयमा परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

टिप्पणीहरू