परराष्ट्रमन्त्री आज थाइल्याण्ड जाने, पर्सि फर्कने

परराष्ट्रमन्त्री आज थाइल्याण्ड जाने, पर्सि फर्कने

परराष्ट्रमन्त्री एनपी साउद थाइल्याण्ड जान लाग्नुभएको छ । उहाँ  बिमस्टेक परराष्ट्रमन्त्रीहरुको बैठकमा भाग लिन आज दिउँसो बैंकक प्रस्थान गर्न लाग्नुभएको हो ।

उहाँ दिउँसो साढे १ बजे थाई स्माइल एयरवेजमा प्रस्थान गर्ने र पर्सि स्वदेश फर्कने कार्यक्रम छ । बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट भोलि बैंककमा हुँदै छ । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात् बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्याण्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य छन् ।

टिप्पणीहरू