पराराष्ट्रमन्त्री साउदले सुदूरपश्चिमको आफ्नै सरकार ढाल्न खोजेपछि

पराराष्ट्रमन्त्री साउदले सुदूरपश्चिमको आफ्नै सरकार ढाल्न खोजेपछि

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले कांग्रेसकै नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढाल्न खाजेको प्रयास असफल भएको छ ।

साउदले मुख्यमन्त्री कमलबहादुर शाहलाई आफ्ना खास सहयोगी बहादुरसिंह थापालाई रातारात दलको नेता बनाएर मुख्यमन्त्री बनाउने प्रयास गरेका थिए । बजेटलाई कांग्रेस सहितका सत्तारुढ दलमा भएको विवादमा खेल्दै साउदले मुख्यमन्त्री परिवर्तन गर्न खोजेका थिए । 

कांग्रेस सोतका अनुसार शुक्रबार रातिसम्म पुराना नेता बहादुरसिंह खड्काका पक्षमा १८ सदस्यीय संसदीय दलमा ११ जना पुगेका थिए । उनीहरुले हस्ताक्षर गरेर दलको बैठक बोलाएर दलको नेता परिवर्तन गर्न खोजेका थिए ।

त्यो बेला मुख्यमन्त्री शाहका पक्षमा मुख्यमन्त्री शाह, भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवा, बाजुराका प्रदेश सभा सदस्य पदम शाही, डडेल्धुराकी सरस्वती खड्का र कैलालीकी डम्मरी महरा (रक्षा) सहित पाँच जना मात्र थिए । 

देउवाका सहोदर भतिज रहेका मन्त्री प्रकाशले त्यो कुरा शुक्रबारै कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवालाई जानकारी गराएको र देउवाले परराष्ट्रमन्त्री एनपीलाई मुख्यमन्त्री परिवर्तन गर्ने खेलबाट पछाडि हट्न बाध्य पारेको काँग्रेसको उच्च स्रोतको भनाइ छ । 

मन्त्री प्रकाश देउवाले धनगढीमा बसेर विपक्षमा रहेका मेघराज खड्का, विक्रम धामी, जुना दानी, ललिता सुनार लगायतलाई त्यही क्रममा चुप बस्न सहमत गराएको चर्चा पनि छ । 
विभिन्न प्रयासपछि प्रदेश सभा सदस्यहरु बहादुरसिंह थापा, दिवानसिंह विष्ट, शिवराज भट्ट, प्रकाश वम र गीता चौधरी मात्रै फरक समूहमा रहेको बताइन्छ ।

परराष्ट्रमन्त्री साउदले बजेटमा मन्त्री प्रकाश देउवाले एकलौटी गरेको, मन्त्री देउवाको अनावश्यकरुपमा सरकारमा हावी भएको,  आफू र प्रदेश सभापति वीरबहादुर बलायरलाई बेवास्ता गरेको भन्दै मुख्यमन्त्री कमलबहादुर शाहलाई हटाउन खोजेको बताइन्छ । मन्त्री देउवाले गर्दा नै पराराष्ट्रमन्त्री साउद निकट स्रोतका अनुसार मन्त्री साउद सुदूरपश्चिम आउदा गाडी लगायतका सुविधा लिन कठिनाई हुने गरेको छ ।

कांग्रेसमा फेरि समस्या आउन सक्ने आकलनले नै शनिबार राति १० बजे बजेट पास गरिएको छ । जवकी प्रतिपक्षहरु एमाले, राप्रपा र स्वतन्त्र डा. ताराप्रसाद जोशीले बैठक बहिस्कार गरेका थिए । तर राप्रपाका खेमादेवी विष्टलाई फकाएर मुख्मन्त्री शाहले प्रदेश सभामा ल्याएका थिए । त्यसपछि बजेटको पक्षमा ३९ र विपक्षमा राप्रपाको एक मत परेको थियो । बजेट ध्वनी मतले पारित गरिएको थियो ।
 

टिप्पणीहरू