मन्त्री सुदन किरातीको नाममा सय लिटर तेल कसले खायो ?

मन्त्री सुदन किरातीको नाममा सय लिटर तेल कसले खायो ?

प्रचण्ड सरकारका चर्चित मन्त्री हुन् सुदन किराती । युवा जोशका साथ संस्कृति पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका उनलाई कतिपयले भाइरल मन्त्री पनि भन्ने गरेका छन् । मनमा लागेको कुरा फ्याट्ट बोलि हाल्ने र फेसबुकमा पोष्ट गरिहाल्ने मन्त्री किरातीका गतिविधिलाई धेरैले स्टन्ट पनि भन्ने गरेका छन् । 

उनै चर्चित मन्त्री किराँतीले आफ्नो नाम बेचेर कसैले सरकारी कार्यालयबाट डिजेल लिएको भन्दै फेसबुकमा गुनासो गरेका छन् । गृहजिल्ला भोजपुरको एक सरकारी कार्यालयबाट आफ्नो नाममा सय लिटर तेल बुझेको कागजको अर्धकट्टी फेसबुकमा राख्दै उनले भनेका छन्, 'सानो होस् या ठूलो, यो भ्रष्टाचार हो ।'

गत १८ गते आफू भोजपुरबाट फर्किएको र २२ गते यो घटना घटेको सुनाउँदै उनले यसमा संलग्न मान्छेको पहिचान गरी कारवाही गर्न सिडियोलाई निर्देशन दिएको पनि बताएका छन् । भ्रष्टाचार नियन्त्रणका लागि यस्ता प्रबृत्ति अन्त्य गर्नुपर्ने धारणा राख्दै उनले भनेका छन्, 'भन्लान् यो पनि स्टन्ट ! तर मैले भन्नै पर्छ र सबैले जान्नै पर्छ यो हाम्रो प्रवृत्ति हो यसको अन्त्य हुनै पर्छ सानो होस् या ठूलो यो भ्रष्टाचार हो । भ्रष्टाचार हाम्रो शत्रु हो ।'

जोसुकै भए पनि कारवाही गर्नुपर्ने मत राखेका मन्त्री किराती भन्छन्, 'मेरी आमाले भन्नुहुन्थ्यो -"सियो चोर्नेले फाली चोर्छ,फाली चोर्नेले घरै फोर्छ ।"

टिप्पणीहरू