सहकारी पीडितहरुको आन्दोलनमा प्रहरीको धरपकड

सहकारी पीडितहरुको आन्दोलनमा प्रहरीको धरपकड

सहकारी पीडितहरुले आज काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरुले आवागमनमा अवरोध पुर्याएको आरोप लगाउँदै प्रहरीले हस्तक्षेप गरेको छ । 

पीडितहरुले माइतीघर मण्डलामा ५० हजार जनाको प्रदर्शन निकाल्ने तयारी गरेपछि सडकमा आवागमन अवरुद्ध भएपछि प्रहरीले बल प्रयोग गरेको बताइन्छ । सहकारी पीडित बचतकर्ता महासंघ समितिले पछिल्लो एक महिनादेखि माइतीघरमा धर्ना दिँदै आएको छ ।

तर, सरकारले आफ्नो मागको सुनुवाई नगरेपछि बाध्य भएर कडा आन्दोलन गर्नुपरेको प्रदर्शनकारीहरुको भनाई छ । पछिल्लो दुई वर्षदेखि बचतकर्ताको रकम अपचलन गरेर संस्थाका पदाधिकारीहरु बेपत्ता हुने क्रम बढेपछि सर्वसाधारण आन्दोलन गर्न बाध्य भएका हुन् ।

टिप्पणीहरू