‘केपी बा’ मा जोडिएर आफ्ना भिडियो हेर्न एमाले अध्यक्षको आग्रह

‘केपी बा’ मा जोडिएर आफ्ना भिडियो हेर्न एमाले अध्यक्षको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो यूट्युब च्यानल ‘केपी बा’ सब्सक्राइब गर्न आग्रह गर्नुभएको छ । समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले आफ्नो जीवनका थुप्रै मर्मस्पर्शी अनुभव समेटिएका भिडियोहरु हेर्न च्यानल सस्क्राइब गर्न अनुरोध गर्नुभएको हो । 

२०५२ सालमा पाँच हजार फिट माथि उडेको हेलिकोप्टरबाट झरेर पनि बाँच्न सफल भएको सन्दर्भ स्मरण गर्दै उहाँले यस्ता थुप्रै भोगाई र जीवनका अनुभवहरु ‘केपी बा’ मा राख्दै जाने पनि बताउनुभएको छ । त्यतिबेला आफू बाँचेकोमा आफैंलाई अचम्म लागेको बताउँदै ओलीले मृत्युलाई हराउन सकेकोमा मन आनन्दित भएको अनुभवसमेत बाँड्नु भएको छ । 

‘पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो’, उहाँले भन्नुभएको छ ।
  
जीवनका थुप्रै यस्ता अनुभवहरू युट्युब च्यानलमा सेयर गर्दै आइरहेको र आगामी दिनमा पनि त्यस्ता भिडियोहरु राख्दै जाने बताउनुभएका ओली भन्नुहुन्छ, ‘च्यानल सस्क्राइब गर्नुहोस् न है ।’

टिप्पणीहरू