जथाभावी सरुवाको आरोप लगाउँदै डेढ दर्जन प्रधानाध्यापकको सामूहिक राजीनामा
मकवानपुरमा एउटै गाउँपालिकाका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले भोलिदेखि लागू हुनेगरी राजीनामा दिएको उल्लेख गरेका छन् ।
राजीनामा दिएकामध्ये एक जना माध्यमिक विद्यालय र बाँकी १८ जना प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । राजीनामामा लेखेका छन्, ‘सहमति बिपरितको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ ।’
मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले अनावश्यक राजनीतिकरण गरेको बताए । उनका अनुसार अधिकांश प्रधानाध्यापक सरुवामा सहमत भइसकेका छन् ।

टिप्पणीहरू