भारतीय दूतावासको उपहार एम्बुलेन्स र स्कुल बस
भारतीय राजदूतावासले विभिन्न स्वास्थ्य र शिक्षा क्षेत्रसँग सम्बन्धित संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस प्रदान गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बस हस्तान्तरण गर्नुभएको दूतावासले जनाएको छ ।
पछिल्लो तीन दशकमा भारतले नेपालका विभिन्न जिल्लाका संघसंस्थालाई नौ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ वटा स्कुल बस उपहारस्वरूप उपलब्ध गराइसकेको जारी विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू