आन्तरिक हवाई भाडा भोलिदेखि बढ्ने

आन्तरिक हवाई भाडा भोलिदेखि बढ्ने

नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानको हवाई भाडा बढाउने भएको छ । 

नयाँ आर्थिक वर्षको बजेटमा हवाई यातायात सेवालाई पनि अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता गर्नुपर्ने व्यवस्था गरिएसँगै संघले हवाई भाडा बढाउने निर्णय गरेको हो । आज विज्ञप्ति जारी गर्दै संघले हवाई भाडादरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने जानकारी दिएको छ ।

‘नेपाल सरकारबाट बजेट वक्तव्यमार्फत अनिवार्य गरेको उक्त व्यवस्था अनुसार यस संघमा आबद्ध सम्पूर्ण वायुसेवा कम्पनीहरुले साउन १ गतेदेखि लागू हुने गरी हवाई भाडादरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू