लुम्बिनीका पूर्वमन्त्री पक्राउ

लुम्बिनीका पूर्वमन्त्री पक्राउ

लुम्बिनी प्रदेशका भूतपूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । उनी बैंकिङ कसुरमा पक्राउ परेका हुन् ।

यादवले दिएको चेक बाउन्स (बैंक खातामा पैसा नभएको) भएपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो । यादवले गत माघमा रुपन्देहीको सियारी गाउँपालिका १ का उमाशंकर यादवलाई दिएको बैंक अफ काठमाण्डूको १२ लाख २८ हजारको चेक बाउन्स भएको हो ।

उनलाई बाँकेको डुडुवा गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी तत्कालीन जनता समाजवादी पार्टीमा आवद्ध थिए । शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनेपछि जसपाले उनीलगायत तीन जनालाई निलम्बन गरेको थियो ।

(समाचारमा यसअघि भूलवशः अन्यथा फोटो पर्न गएकाले सच्चाइएको छ : सम्पादक)

टिप्पणीहरू