बैंककको साँझ,मन्त्री राती नदी किनार नेपालीहरु माझ
परराष्ट्रमन्त्री एनपी साउद हिजो अपरान्ह बैंकक पुगेपछि राति ‘रिट्रिट’ मा सहभागी हुनुभएको छ । आज हुने बिमस्टेक विदेशमन्त्रीहरुको बैठकमा भाग लिन उहाँ हिजो दिउँसो त्यता जानुभएको थियो ।
भोलि दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात् बिमस्टेकमा भारत, नेपाल,म्यानमार, थाइल्याण्ड,भुटान, श्रीलंका र बंगलादेश सदस्य छन् ।
टिप्पणीहरू