परराष्ट्रमन्त्री र भारतीय समकक्षीबीच बैंककमा छलफल

परराष्ट्रमन्त्री र भारतीय समकक्षीबीच बैंककमा छलफल

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता भएको छ । बैंककमा आज भएको बिम्स्टेकको विदेशमन्त्रीस्तरीय बैठकपछि उहाँहरुबीच साइडलाइन भेटवार्ता भएको बताइएको छ ।

भेटवार्तापछि विदेशमन्त्री जयशंकरले नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको ट्विट गरेका छन् ।

बैंककमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन मन्त्री साउद हिजो त्यहाँ जानुभएको हो । उहाँ भोलि दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू