सप्तरीमा किशोरीमाथि सामूहिक बलात्कार

सप्तरीमा किशोरीमाथि सामूहिक बलात्कार

सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । उनीमाथि सामूहिक बलात्कार गरेको आरोपमा कञ्चनपुरका दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेल समातिएका छन् । 

गत असार २९ गते राति ती किशोरीको घरमै पसेर उनीहरुले कोही नबस्ने नजिकैको घरमा लगेर पालैपालो बलात्कार गरेको खुल्न आएको छ । उनीहरुले बलात्कारपछि घटना सार्वजनिक गरे किशोरीलाई मार्ने धम्की समेत दिएका थिए ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले हिजो उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू