भवन डिजाइनरहरुले साउन १५ भित्र प्रमाणपत्र नवीकरण गर्नुपर्ने

भवन डिजाइनरहरुले साउन १५ भित्र प्रमाणपत्र नवीकरण गर्नुपर्ने

सुनसरीको इटहरी उप–महानगरपालिकाले भवनको डिजाइन गर्ने डिजाइनरहरुलाई आफ्नो व्यवसायको प्रमाणपत्र नवीकरण गर्न आह्वान गरेको छ । उप–महानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि आफ्नो व्यवसायको प्रमाणपत्र नवीकरण गर्न सम्पूर्ण डिजाइनरहरुलाई आग्रह गरेको हो । 

उप–महानगरपालिकाले साउन १५ गतेभित्र प्रमाणपत्र नवीकरण गरिसक्न सुसूचित गराएको छ । नवीकरण नगर्ने डिजाइनरहरुको ‘ईपीएस अकाउण्ट’ बन्द हुने जनाइएको छ । 

आज प्रकाशित सूचनामा भनिएको छ, ‘सम्बन्धित डिजाइनरहरुले यही साउन १५ गतेभित्र आ.व. २०८०–८१ को लागि आफ्नो व्यवसायको प्रमाणपत्र नवीकरण गरी यस प्रणालीमा सूचीकरण गर्नुपर्नेछ । साथै, सूचीकरण–नवीकरण नगरिएका डिजाइनरहरुको ईपीएस अकाउण्ट बन्द भएको व्यहोरा अनुरोध छ ।’

टिप्पणीहरू