साढे दुई लाख चोरेर भागेका किशोर २५ हजारसहित समातिए
सिन्धुलीमा चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । सुनकोशी गाउँपालिका-६ का रिपबहादुर श्रेष्ठको घरबाट नगर र बहुमूल्य बस्तु चोरेको आरोपमा स्थानीय १५ वर्षीय किशोर समातिएका हुन् ।
उनले श्रेष्ठको घरबाट ३७ हजार ६ सय रुपैयाँ नगद र सुन तथा चाँदीका गरगहना गरी करिब २ लाख ४९ हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको आरोप छ ।
ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी टोलीले चोरी भएकोमध्ये २५ हजार नगदसहित ती किशोरलाई हिजो दिउँसो सोही ठाउँस्थित वर्कसपबाट नियन्त्रणमा लिएको हो ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू