कानुन अध्ययन गर्नेलाई छात्रवृत्ति

कानुन अध्ययन गर्नेलाई छात्रवृत्ति

नेपाल ल क्याम्पसले छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ । क्याम्पसले विभिन्न तहमा कार्यरत कानुनका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । 

क्याम्पसले सूचना त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्बाट पारित ‘छात्रवृत्ति पुरस्कार तथा पदकसम्बन्धी कार्य निर्देशिका २०७१’ अनुसार छात्रवृत्ति दिन लागिएको जनाएको छ । आंगिक र सामुदायिक क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेर एल.एल.बी.मा भर्ना भएका २०७५ समूहले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, २०७६ समूहका र २०७७ समूहका विद्यार्थीहरुले पनि निःशुल्क छात्रवृत्तिका लागि आवेदन दिन पाउने बताइएको छ । 

आजदेखि साउन १७ गतेसम्म छात्रवृत्तिका लागि आवेदन दिन सकिने क्याम्पसले जनाएको छ । ‘आंगिक र सामुदायिक क्याम्पसबाट स्नातक तह उत्तीण गरेर एल.एल.बी. २०७५ समूह र २०७६ समूहका दोस्रो वर्ष, २०७७ समूहका प्रथम वर्षमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले निःशुल्क छात्रवृत्तिका लागि मिति २०८०–४–३ गतेदेखि २०८०–४–१७ गतेसम्म निवेदन दिन सम्बन्धित सबै विद्यार्थीहरुलाई सूचित गरिन्छ’, जारी सूचना उल्लेख छ । 

छात्रवृत्तिका लागि आवेदन गरेको वर्षभन्दा अघिल्लो वर्षको रिजल्टको मार्कसिट, स्नातक तह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट, विद्यार्थी परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । त्यस्तै, जनजाति, मधेशी, दलित विद्यार्थीहरुले सम्बन्धित निकायको सिफारिस पनि बुझाउनुपर्ने जनाइएको छ ।

टिप्पणीहरू