चोरेर अमेरिका पुर्याइएका पुरातात्विक महत्वका सामाग्री भारत ल्याईंदै
चोरेर अमेरिका पुर्याइएका १०५ वटा भारतीय पुरातात्विक महत्वका सामाग्री भारतलाई फिर्ता गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत महिना भएको अमेरिकाको राजकीय भ्रमणको उपलब्धीस्वरुप ती ऐतिहासिक सामाग्री भारत पठाउन लागिएको बताइएको छ ।
भारतीय समाचार एजेन्सी इण्डिया न्युज नेटवर्कका अनुसार भारत पठाउन लागिएका पुरातात्विका महत्वका सामाग्रीमध्ये ४७ थान पूर्वी भारतीय राज्यका, २७ दक्षिण, २२ मध्य भारत, छ थान उत्तर भारत र तीन वटा पश्चिम भारतीय राज्यका हुन् । ती कलाकृति दोस्रो र तेस्रो शताब्दीदेखि १९ औं शताब्दीसम्मका हुन् । विशेषगरी हिन्दु, जैन र इस्लाम धर्मसँग सम्बन्धित सामाग्रीहरु टेराकोटा, ढुंगा, धातु र काठका हुन् ।
यसअघि अमेरिकाले सन् २०१६ मा १६ थान र सन् २०२१ मा १५७ वटा त्यस्ता ऐतिहासिक महत्वका कलाकृति भारतलाई हस्तान्तरण गरेको थियो ।
टिप्पणीहरू