बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटको सुनुवाइ चौथो दिन पनि हेर्दाहेर्दैमा

बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटको सुनुवाइ चौथो दिन पनि हेर्दाहेर्दैमा

लिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारजनाको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा टुंगिएको छ । 

यस प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोतका पूर्वकर्मचारी धर्मप्रसाद गौतम र सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले रिहाइको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाई नसकिएपछि लगातार चौथो दिन हेर्दाहेर्दैमा टुंगिएको हो । 

आज सर्वोच्च अदालतका न्यायाधीश प्रकाश ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भएको थियो । आज नसकिएपछि भोलि पुनः सुनुवाई हुनेछ । 

बन्दी प्रत्यक्षीकरणको रिट परेपछि प्रहरी प्रधान कार्यालयले सर्वोच्चको यसअघिको अन्तरिम आदेश खारेज गर्न माग गरेको थियो । दुवै रिटलाई एकै ठाउँमा राखेर सुनुवाई भएको हो ।

टिप्पणीहरू