बरामद एक क्विन्टल सुनबारे छानबिन गर्न समिति गठन

बरामद एक क्विन्टल सुनबारे छानबिन गर्न समिति गठन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति गठन गरिएको छ । भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको हो ।

हिजो राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा उक्त सुन बरामद गरेको थियो । बरामद सुन तौलिन नेपाल राष्ट्र बैंक पठाइएको छ । उक्त प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् भने भन्सार जाँचपासमा संलग्न दुई कर्मचारीलाई सरकारले निलम्बन गरेको छ ।

 

टिप्पणीहरू