पूरै घर दान दिनेको नाममा जनमत पार्टी भवनको नामाकरण गरिने
सीके राउत नेतृत्वको जनमत पार्टीले कार्यालय भवन निर्माणमा सहयोग पुर्याउन आग्रह गरेको छ । पार्टीले स्थायी भवन निर्माणका लागि अक्षयकोष खडा गर्दै सहयोगका निम्ति अपिल गरेको छ ।
पार्टी प्रवक्ता डा.शरदसिंह यादवले अक्षयकोषमा जम्मा भएको रकमले ‘मल्टिपल हल’ र पार्किङ्ग सुविधासहितको स्थायी भवन बनाइने जानकारी दिएका छन् । पार्टीसँग जोडिएका वा नजोडिएका सम्पूर्ण दाताले सहयोग गर्न सक्ने उनको भनाइ छ ।
‘अक्षयकोषको पैसा ‘मल्टिपल हल’ र पार्किङ्ग सुविधासहितको पार्टी कार्यालयको स्थायी भवन संरचना प्रयोजनका लागि मात्रै प्रयोग गरिनेछ’, जारी विज्ञप्तिमा उल्लेख छ ।
पूरै भवन संरचना नै दान दिनेको नामबाट भवनको नामाकरण गरिने बताइएको छ । त्यस्तै, तीन करोड रुपैयाँमाथि दान दिनेको नामबाट सभा र बैठक कक्षहरु नामाकरण हुने, एक करोड रुपैयाँमाथि दान दिने दाताको नामबाट कक्षहरु नामाकरण हुने पार्टीले जनाएको छ ।
पार्टीका अनुसार १० लाख रुपैयाँमाथि दान दिनेको नाममा अंकित शिला राखिने र एक लाख रुपैयाँमाथि दान दिनेको नाम साइनबोर्डको सूचीमा राखिनेछ । त्यसका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेको पार्टीको खाता नम्बर १४२०१००००५०५५००१ मा सहयोग गर्न सकिने उल्लेख छ ।
टिप्पणीहरू