काँग्रेस सांसदले मागे गृह र अर्थमन्त्रीको राजीनामा
नेपाली काँग्रेसका सांसदले सरकारका दुई प्रभावशाली मन्त्रीको राजीनामा मागेका छन् । मिनी संसदमा रुपमा चिनिने संसदीय समितिमा राजीनामा मागिएको हो ।
सिंहदरबारमा आज बसेको प्रतिनितिसभाअन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा सत्तारुढ दल काँग्रेस सांसद सुनिल शर्माले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका हुन् । एयरपोर्टबाट सुन बरामद प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताका आधारमा पद छोड्नुपर्ने उनको तर्क छ ।
गत बुधबार विमानस्थलबाट भन्सार जाँचपास हुँदासमेत नियन्त्रणमा लिन नसकेको करिब एक क्विन्टल सुन प्रधानमन्त्री मातहतको राजस्व विभागले समातेको थियो । उक्त घटनामा राजस्व विभागलाई धन्यवाद दिँदै प्रधानमन्त्रीको कदमलाई सहयोग गर्नुपर्ने सांसद शर्माको भनाई छ ।
टिप्पणीहरू