पुष्पलाल स्मृति दिवसको अवसरमा प्रवचन गोष्ठी

पुष्पलाल स्मृति दिवसको अवसरमा प्रवचन गोष्ठी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । 

पुष्पलाल मित्रता केन्द्रले साउन ८ गते काठमाडौँमा ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीको गर्न लागेको हो । साउन ८ गते दिँउसो साढे १२ बजेका लागि कार्यक्रम तय भएको नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । थापागाऊँस्थित बानेश्वर बैंक्वेटमा कार्यक्रम हुनेछ । 

कार्यक्रममा समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री तथा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो धारणा राख्नेछन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र समाजवादीका महासचिव घनश्याम भुसाल पनि वक्ता छन् । 

नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न अहम् भूमिका खेलेका पुष्पलालको सम्मान र सम्झनामा विभिन्न घटकमा विभाजित कम्युनिष्ट पार्टीहरुले हरेक वर्ष कार्यक्रम गर्ने गरेका छन् ।

टिप्पणीहरू