प्रधानमन्त्री आज साँझ रोम जाने, शुक्रबार फर्कने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ २६ सदस्यीय टोलीको नेतृत्व गर्दै इटाली जाँदै हुनुहुन्छ । उहाँ साँझ ६ बजे कतार एयरवेजको उडान नम्बर क्यूआर ६४७ मा दोहा हुँदै इटाली प्रस्थान जान लाग्नुभएको हो ।
रोममा पर्सि सोमबारदेखि बुधबारसम्म हुन लागेको संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीको शिखर सम्मेलन भाग लिन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नुभएको बताइएको छ ।
प्रधानमन्त्रीले ‘युनाइटेड नेसन्स फुड समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । टोलीमा उहाँका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र अन्य सरकारी अधिकारी पनि छन् ।
प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।
इटालीबाट प्रधानमन्त्री आगामी शुक्रबार बिहान १० बजे दोहा हुँदै स्वदेश फर्कने भ्रमण तालिका छ ।
टिप्पणीहरू