यताका किसान रोपाइँमा व्यस्त, उताका बाली भित्र्याउने चटारोमा
नेपाललगायत दक्षिण एसियाली मुलुकका किसानहरु धान रोपाइँको चटारोमा छन् । असारदेखि हुन थालेको रोपाइँ भारत, बंगलादेश, श्रीलंका, म्यानमारमा सकिएको छ । नेपाल र भुटानका पहाडी क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ ।
दक्षिणपूर्वी एसियाका थाइल्याण्ड, भियतनाम, लाओस, कम्बोडिया, मलेसिया, इण्डोनेसिया र फिलिपिन्समा वर्षको तीन पटक धानखेती हुन्छ । यतिखेर इण्डोनेसियाको पहाडी भेग सिसालादाका किसान धान काट्न व्यस्त देखिन्छन् । धान काटेलगत्तै उनीहरु फेरि रोपाइँ गरिहाल्छन् ।
टिप्पणीहरू