माओवादी नेताहरु नयाँ दिल्लीमा व्यस्त, भाजपा अध्यक्षसँग भेटवार्ता

माओवादी नेताहरु नयाँ दिल्लीमा व्यस्त, भाजपा अध्यक्षसँग भेटवार्ता

भारत भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रको प्रतिनिधिमण्डलले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नाड्डासँग भेटवार्ता गरेको छ । भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत गएको प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित भाजपाको मुख्यालय पुगेर छलफल गरेको हो ।

उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गएको प्रतिनिभिमण्डलका सदस्यहरुले छलफलमा दुई देशबीच कायम रहेको आपसी हित र चासोका विषयमा छलफल भएको जानकारी दिएका छन् । 

टोलीले भाजपाको महिला मोर्चा, युवा मोर्चालगायत जनवर्गीय सङ्गठनहरुसँग पनि अन्तरक्रिया गरेको जानकारी दिइएको छ ।
सो क्रममा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) सरकारले पछिल्लो नौ वर्षमा सफल रुपमा कार्यान्वयन गरेको नीति तथा योजनाका बारेमा माओवादी नेताहरुले विशेष चासो राखेका थिए । 

भेटमा भाजपाका उपाध्यक्ष, विदेश मामिला प्रमुखलगायत नेताहरुको पनि उपस्थिति थियो ।       

माओवादी टोली ‘भाजपालाई चिनौँ’ अभियानअन्तर्गत आइतबार भारत गएको हो । टोलीमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्या पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राई छन् ।

टिप्पणीहरू