प्रधानमन्त्री र आइएफएडी प्रमुखबीच रोममा वार्तालाप

प्रधानमन्त्री र आइएफएडी प्रमुखबीच रोममा वार्तालाप

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र इन्टरनेशनल फण्ड फर एग्रिकल्चर (आइएफएडी)का प्रमुख डा. अल्भारो लाइरियोबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली–२०२३ सम्मेलनमा सहभागी हुन इटालीको राजधानी रोम पुग्नुभएका प्रधानमन्त्री प्रचण्डसँग लाइरियोले भेटवार्ता गर्नुभएको हो । भेटमा आइएफएडीद्वारा नेपालमा सञ्चालित परियोजनाहरुको समीक्षा, आपसी सम्बन्धलगायत बारेमा कुराकानी भएको बताइएको छ । 

नेपालको कृषि क्षेत्रमा आइएफएडीको सहयोगमा विभिन्न परियोजनाहरु सञ्चालित छन् ।

साताव्यापी भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेस, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक किन्डी म्याकन, बंगलादेशका समकक्षी शेख हसिनालगायतसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

टिप्पणीहरू