सुन काण्डमा सेटिङ देखियो : रवि लामिछाने

सुन काण्डमा सेटिङ देखियो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक क्विन्टल सुनकाण्ड सेटिङमा भएको बताएका छन् । आज प्रतिनिधि सभामा बौल्दै उनले भरिया मात्रै समाएर मालिकलाई जोगाउनु नै सेटिङको बलियो प्रमाण भएको उल्लेख गरेका हुन् ।

उनले ती ट्याक्सी चालकलाई सुनको मालिकसम्म पुग्न दिएको भए सबैलाई समाउन सकिने अवस्थालाई रोकेको देखिन आएको बताए । उनले भने ‘भरियामात्र समाउनु थियो र ट्याक्सी समात्यो होला । त्यस्तो सूचना थियो भने त्यो भरियाले ट्याक्सी मालिकसम्म पुर्याउँथ्यो होला नि । मालिकसम्म पुगेपछि मालिकलाई नै समाउन सकिन्थ्यो होला । किन गरिएन ?’

यो नै सुन काण्डमा देखिएको सबै सेटिङको बलियो प्रमाण भएको उनको भनाई छ ।

टिप्पणीहरू