हिन्दीलाई विश्वभाषा बनाउन भारत अग्रसर,राष्ट्रसंघलाई १० लाख डलर

हिन्दीलाई विश्वभाषा बनाउन भारत अग्रसर,राष्ट्रसंघलाई १० लाख डलर

भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास गरेको छ । हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा आवश्यक प्रवर्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसंघलाई १० लाख अमेरिकी डलर प्रदान गरेको जनाइएको छ । 

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसंघको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई भेटेर उक्त रकम हस्तान्तरण गरेपछि सो कुरा बाहिर आएको हो । यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता बढ्ने भारतीय प्रतिनिधिको विश्वास छ । 

संयुक्त राष्ट्रसंघका गतिविधिसँग सम्बन्धित मल्टिमिडिया सामग्री र समाचारहरु,हिन्दीभाषी फेसबुक, इन्स्टाग्राम,ट्विटरलगायत सामाजिक सञ्जाल र हिन्दी भाषीहरूको आवाजलाई विश्वव्यापीस्तरमा पुर्याउन उक्त रकम उपयोग हुने भारतले बताएको छ ।
 

टिप्पणीहरू