खानेपानी मन्त्रीहरुको सिंहदरबारमा अन्तरक्रिया
खानेपानीको विद्यमान समस्या र त्यसको समाधानबारे संघ र सातै प्रदेशका विभागीय मन्त्रीहरुले संयुक्त छलफल गरेका छन् ।
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज अपराह्न सो छलफल भएको हो । संघीय खानेपानी मन्त्री महेन्द्रराय यादवको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेशका विषयगत मन्त्री र कर्मचारीहरुको सहभागिता थियो ।
अन्तरक्रिया कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव रामआधार साह, गण्डकी प्रदेशका उर्जा, सिन्चाई तथा खानेपानी मन्त्री सरस्वती तिवारी अर्याल,मधेसका सिँगासन कलवार, सुदूरपश्चिम प्रदेशका भाैतिक पूर्वाधार मन्त्री विकासबहादुर देउवा र सात।वटै प्रदेश सचिवहरु सहभागी रहेको बताइएको छ ।
खानेपानीको समस्या पहिचान र निराकरण गर्न नीतिगत निर्णयको तयारीमा रहेका मन्त्री यादवले यसअघि तराई-मधेसबाट प्रतिनिधित्व गर्ने सांसद र पूर्वमन्त्रीहरुसँग यसैगरी संयुक्त छलफल गर्नुभएको थियो ।
टिप्पणीहरू