कोशी प्रदेशको मुख्यमन्त्रीमा फेरि उद्धव थापा नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।
संविधानको धारा १६८ (२) अनुसार काँग्रेस संसदीय दलका नेता थापाले आज अपरान्ह नयाँ मुख्यमन्त्रीको निम्ति प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।
९३ जनामध्ये ४७ प्रदेश सभा सदस्यको दस्तखत सहितको दाबीपछि प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
टिप्पणीहरू