छात्रा ताक्ने फरार गुरु,खोजी कार्य शुरु

छात्रा ताक्ने फरार गुरु,खोजी कार्य शुरु

काभ्रेमा छात्रालाई कक्षा कोठाभित्रै यौन दुर्व्यवहार गरेको आरोप लागेका एक शिक्षक सम्पर्कविहीन भएका छन् ।

पनौती नगरपालिका -२ स्थित कुशादेवी माध्यामिक विद्यालयका शिक्षक छविरमण गौतम कारबाहीमा पर्ने भएपछि सम्पर्कविहीन भएका हुन् ।

विद्यालयका छात्राले सामूहिकरुपमा इलाका प्रहरी कार्यालय बनेपा पुगेर किटानी दिएको सुइँको पाएसङ्गै उनी सम्पर्कविहीन भएको बताइएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार छात्राहरूले हिजो बेलुका गौतमविरुद्ध जाहेरी दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको रोहवरमा कक्षा १० का ११ जना छात्राले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेको छ । 

पटक–पटक छात्रामाथि यौन दुर्व्यवहार  गर्दै आएका गौतमलाई यसअघि पनि यस्तै प्रकृतिको घटनामा माफी माग्न लगाएर उन्मुक्ति दिइएको स्रोतको दाबी छ ।

गौतमले ९ वर्षदेखि उक्त विद्यालयमा अध्यापन गराउँदै आएका थिए । विद्यालय व्यवस्थापन समितिको बैठकले  लिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै  आइतबारदेखि विद्यालयमा हाजिर नगराउने निर्णय भएको छ । 

तर उक्त निर्णयलाई  अभिभावकले भने  घटनालाई ढाकछोप गर्न शिक्षकलाई कुनै कारबाही नगरी लुकाएको आरोप लगाएका छन् ।

फरार शिक्षकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

टिप्पणीहरू