साउदी अरेबियामा युक्रेनको शान्ति सम्मेलन

साउदी अरेबियामा युक्रेनको शान्ति सम्मेलन

युक्रेनले साउदी अरेबियामा शान्ति सम्मेलनको आयोजना गर्ने भएको छ । जारी युद्ध अन्त्यका लागि आगामी शनिबार र आaइतबार सम्मेलन हुन लागेको बताइएको छ । 

भ्वाइस अफ अमेरिकाका अनुसार सम्मेलनमा विश्वका कम्तीमा ३० वटा मुलुकका प्रतिनिधिहरु सहभागी हुनेछन् । तीमध्ये अधिकांश युरोप, अमेरिका र पश्चिमा राष्ट्र समर्थित एसिया र अफ्रिकी मुलुकहरु हुने जनाइएको छ ।

सम्मेलनमा ब्राजिल, भारत र दक्षिण अफ्रिकाको पनि सहभागिता हुने अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै अमेरिकी प्रेस (एपी) ले जानकारी दिएको छ । उता अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले साउदी अरेबियाको गत बिहीबार नै भ्रमण गरिसकेका छन् ।

सन् २०१८ मा वाशिङटन पोष्टका लेखक जमाल खासोगीको हत्यापछि अमेरिका र साउदी अरेबियाको सम्बन्ध सुमधुर छैन । त्यसमा पेट्रोलियम पदार्थ निर्यात गर्ने राष्ट्रहरुको संगठन ओपेकले पेट्रोलियमको उत्पादन र बिक्रीमा कटौती गरेपछि दुई मुलुकबीचको सम्बन्ध झन् चिसिएको हो ।
 

टिप्पणीहरू