चोलेन्द्र समशेर आउने, विनोद चौधरी जाने

चोलेन्द्र समशेर आउने, विनोद चौधरी जाने
सुन्नुहोस्

एमाले अध्यक्ष केपी ओली कम्बोडियाबाट फर्कने ताका सिंगापुर गएका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको स्वदेश फिर्ती भएको छ । राणा हिजो राति सिंगापुरबाट काठमाडौं आइपुगेका छन् । 

श्रीमतीसहित राणा राति १० बजे सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४२ मा आएका हुन् । 

विवादास्पद व्यापारी तथा सांसद विनोद चौधरी भने आज कारोबार विस्तारका नाममा भुटान गएका छन् । ड्रुक एअरको उडान नम्बर बीके ४०१ मा बिहान ९ बजे उनी काठमाडौंबाट पारोतर्फ प्रस्थान गरेको विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरण श्रोतले बतायो ।
अघिल्लो साता मात्रै चौधरी अमेरिकाबाट दुबई हुँदै फर्केका थिए ।

टिप्पणीहरू