च्याउ खाएका छोरा बिते, आमा सिकिस्त
जाजरकोटमा विषालु च्याउ खाँदा छोरा बितेका छन् भने आमाको अवस्था सिकिस्त छ । वारेकोट गाउँपालिका ४, सार्की टोलका १८ वर्षे तुले सार्कीको मृत्यु भएको बताइएको छ । उनकी आमा सिकिस्त बिरामी छिन् ।
हिजो बेलुकी जंगलबाट ल्याएको विषालु च्याउ खाँदा छोराको मृत्यु भएको हो । आमाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
टिप्पणीहरू