डीभीएएस सेवा सञ्चालन गर्न चाहनेहरु प्राधिकरणमा सूचीकृत हुनुपर्ने
नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल भ्यालु एडेड (डीभीएएस) सेवालाई नियमनको दायरामा ल्याउने उद्देश्यले ‘विद्युतीय अन्य अतिरिक्त सेवा सञ्चालनसम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ ।
आज सूचना प्रकाशित गर्दै प्राधिकरणले डीभीएएस सेवा सञ्चालन गर्न चाहने व्यक्तिलाई नियमानुसार सेवा सञ्चालन कार्य योजनालगायतको विवरणसहित निवेदन दिन माग गरेको हो ।
साथै, यो कार्यविधि लागू हुनु पूर्व डीभीएएस सेवा सञ्चालन गरिरहेका व्यक्ति-संस्थालाई पनि आफूले सञ्चालन गरेका डीभीएएस सेवाको विवरण संलग्न गरी प्राधिकरणसमक्ष सूचीकरणको लागि आगामी असोज १४ गतेसम्म निवेदन पेश गर्न भनिएको छ ।
प्राधिकरणले यससम्बन्धी थप जानकारी र उक्त कार्यविधि प्राधिकरणको वेबसाइटमा राखिएको पनि जानकारी गराएको छ ।
टिप्पणीहरू