पहिरोमा सदस्य गुमाएका परिवारलाई दुई लाख नगद

पहिरोमा सदस्य गुमाएका परिवारलाई दुई लाख नगद
सुन्नुहोस्

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ का दुई जनाको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । पोखरापानी भन्ने स्थानमा घाँस काट्न जाँदा सुख्खा पहिरोमा परेर ज्यान गुमाएका मृतकका नजिकका हकदारलाई घरमै पुगेर जनही दुई लाखको दरले राहत रकम दिइएको छ । 

पहिरोमा परेर स्थानीय ४२ वर्षीया धनमाया खत्री र ४८ वर्षीया कालिबहादुर खड्काको मृत्यु भएको थियो । 

जिल्ला विपद् व्यवस्थापन समितिको अस्ति बसेको बैठकको निर्णयानुसार हिजो पीडितको घरमै गएर पुगेर राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । प्रत्येक मृतकका परिवारका सदस्यलाई दुई लाखको दरले रकम दिइएको हो । 

प्रजिअ पन्तका अनुसार विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड,२०७७ बमोजिम पीडित परिवारलाई उक्त राहत उपलब्ध गराइएको हो । रकम दुबै परिवारका नजिकका कानूनी हकदारलाई प्रदान गरिएको बताइएको छ ।

समितिको बैठकले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८० र विपद् व्यवस्थापनका लागि तर्जुमा गरिएको परिचालन योजना, २०८० अनुमोदनसमेत गरेको छ ।

टिप्पणीहरू