जङ्गी अड्डामा चलखेलका अनेक जुक्ति

जङ्गी अड्डामा चलखेलका अनेक जुक्ति

नेपाली सेनाको सरुवा, बढुवा र भौतिक संरचना निर्माणमा बेला बखत विभिन्न व्यक्ति र स्वार्थ समूहहरु जोडिने गरेका छन् । कतिपयले त प्रधान सेनापतिको नियुक्तिमा समेत आफ्नै जोडबल लागेको ‘गफ’ दिने गरेकोसमेत पाइएको छ । 

यस्तै यौटा प्रकरणमा नेकपा एकीकृत समाजवादीका एक जना नेतालाई समेत भर्खरै  सैनिक अधिकारीहरुले मुछिदिएका छन् । सम्भार रथी विभागमा हालै भएको सहायक रथीको सरुवासङ्ग उनको नाम जोडिएको छ । एकीकृत समाजवादीकी नेतृ तथा संसदको पूर्व विकास समिति सभापति कल्याणी खड्काका भाइ विष्णु राउतको सम्भारमा सरुवा भएपछि एकथरीले राजनीतिक गन्ध घुसाइदिएका छन् । 

खड्कालाई मुछ्दै सैनिक अधिकारीहरुको अनौपचारिक भेटघाटमा भन्न थालिएको छ, ‘खड्का विकास समितिको सभापति हुँदा प्रभुराम शर्मा दुई तारे जर्नेल थिए । त्यतिबेला काठमाडौं–निजगढ फास्ट ट्र्याकको विवादास्पद फाइल बन्द गराइएको थियो । त्यही गुण अहिले तिरिएको हुनसक्छ ।’ 

सैनिक मुख्यालय स्रोतलाई उद्धृत गर्दै खड्का राउत सरुवा हुने दिन बिहान ११ बजे जंगी अड्डा पुगेर चिफसँग भेटेको सन्दर्भ जोड्दै जनआस्थालाई प्राप्त पत्रमा भनिएको छ, ‘प्रधानसेनापतिले निजको भाञ्जा नाताका कर्णेल वसन्त गौतमलाई समेत आफ्नो सचिवालयम राखिदिए । यस हिसाबले कल्याणीले विगतमा कल्याण गरेको अनुमान प्रष्ट हुन्छ ।’

दुई पटक दुबई जाउआउ गर्दा भएको एक जना महिला अधिकृत कर्मचारीसँगैको मिति, उडान,समय र बिदाले पनि आशंका गर्नेलाई बल मिलेको छ । हालसालै उनलाई सेनाले पुरस्कृत गर्दै थाइल्याण्ड सेमिनारमा पठाएको बुझिएको छ ।

राउत प्रमुख सेनानी हुँदा परिवारसहित एक जना प्रभावशाली जर्नेलको घरमा पुगेर सम्भारमा सरुवाको निम्ति हारगुहार गरेको र अहिले सफल पनि भएको सन्दर्भ पत्रमा जोडिएको छ । हुन पनि उनी दुई पटक सम्भार जस्तो मालदार कार्यालयमा सरुवा भइसकेका छन् । यी सबै विषयलाई गुनासो कर्ताहरुले फास्ट ट्रयाकको विगतसँग जोडेर व्याख्या गरेका हुन् ।

उदाहरण दिँदै पत्रमा अगाडि भनिएको छ, ‘ढलान संरक्षण (स्थिरीकरण) को काम गर्ने नेपालमा थुप्रै कम्पनी भए पनि फास्ट ट्रयाकका तत्कालीन हाकिम तथा प्रधानसेनापतिका विवादास्पद नातेदार विकास पोखरेलसँग मिलेर बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्का मिलाइयो । त्यसमा निकै मोटो रकम चलखेल भयो । त्यसबेलाका प्रमुख पूर्णचन्द्र थापासँग मिलेर पोखरेल,विष्णु खड्का र सुदिप अर्यालको जोडबलमा मुक्ति शर्मालाई उक्त कार्यको जिम्मा लगाइएको थियो ।’

उनै अर्यालले सेनामा कसलाई प्रधानसेनापति बनाउने र कसलाई फाल्ने हैसियत आफ्नो भएको बताउने गरेको खबर धेरै पहिले बाहिरिइसकेको हो । रक्षा मन्त्रालयमा कार्यरत उनी सेनाका हाकिमहरुको छानीछानी मान र मानमर्दनमा व्यस्त हुने गरेकाले पनि जंगी अड्डामा तैनाथ जर्नेलहरु अहिलेको अवस्था भोग्न र घटनाक्रम सुन्न बाध्य भएको बताइन्छ । उनले भनेका विषयमाथि आवश्यक छानबिन नगरी सोझै मन्त्रालयमा लगेर राख्नुले पनि बाघ कराउनु र बाख्रा हराउनुको संयोगलाई सुदिपको प्रचारबाजीसँग जोडिएर हेरिएको छ ।

सुदिपले प्रधानसेनापति कार्यालयमा कार्यरत उनका भेगीय कर्णेल सरोज गुरुङलाई समेत आफैँले त्यहाँ राखेको प्रचार गरेपछि अवस्थाले नयाँ मोड लिएको बताउनेहरु पनि प्रशस्तै छन् । 

अर्याललाई सेनामा कृष्ण कन्हैयाको उपनामले समेत चिन्ने गरिन्छ । दुई पटक दुबई जाउआउ गर्दा भएको एक जना महिला अधिकृत कर्मचारीसँगैको मिति, उडान,समय र बिदाले पनि आशंका गर्नेलाई बल मिलेको छ । हालसालै उनलाई सेनाले पुरस्कृत गर्दै थाइल्याण्ड सेमिनारमा पठाएको बुझिएको छ । 

उनको चिनियाँ ठेकेदारहरुसँग राम्रै उठबस रहेको छ । अहिले आर्मी चिफसँग दुई जना चिनियाँ र एक जना काभ्रेको पाँचथर निवासी हाई प्रोफाइलका भाइलाई लिएर सेनाको पीपीएमओको सचिव सरुवा गर्न लबिङ गरेको र कुरो मिल्न लागेको सगर्व बताउँदै हिँडेपछि अरु जर्नेलहरु टाउकामा हात राखेर सोच्न बाध्य भएको स्रोतको दाबी छ ।
पीपीएमओका सचिवले फास्ट ट्रयाकमा धेरै बाधा पुर्याएकाले नयाँ पीपीएमओ सचिव फेर्नुपर्ने उनको माग हो । जबकि उनले नाम लिएका ती सचिव भिनाजु नाता पर्ने भन्दै उनैले भन्दै हिँडेको सुन्नेहरु छन् । उनका दुई दिदी र बहिनी क्रमशः सुधा र सुमिना तथा भिनाजु बासु रेग्मी हुन् । जसको घर स्याङ्जा हो तर पीपीएमओ सचिव बनाउने भनिएका डा. दामोदर रेग्मीको घर पाल्पा भएको बुझिएको छ ।

दामोदरले बेइजिङस्थित छिन्ह्वा विश्वविद्यालयमा आइएमपीए अध्ययन गरेका थिए । सेनामा पीपीएमओले धेरै प्रभाव पार्ने भएकाले उनी भिनाजुको थर मिल्ने अधिकारीको खोजीमा भौंतारिएको स्वतः अनुमान लगाउन सकिन्छ । यी सबै योजनाबीच प्रधानसेनापतिसँग चिनियाँ ठेकेदारहरुलाई आवश्यकताअनुसार भेटाइदिने,पीपीएमओमा आफ्नो मनले खाएको मान्छेलाई ल्याउन पहल गर्ने र फास्ट ट्रयाकको बाँकी काम हात पार्न चिनियाँहरुको प्रयोग गर्न खोजिएको प्रपञ्चबारे आफैँले सगौरव बताउँदै हिँड्नुले पनि घटनाक्रमलाई पत्याउन बाध्य पारिएको हो । 

कतिपय रात्रि जमघटमा उनले पीपीएमओको नयाँ सचिव नियुक्ति,फास्ट ट्रयाक र भावी प्रधानसेनापतिको लाइन क्लियरको योजना सुनाएपछि धेरैले अचम्म मान्दै जिब्रो काढेका छन् । अहिले सुदिप अर्का व्यापारीसँग मिलेर सेनाको गोली खरिदमा लागेको गाईंगुईं हेडक्वार्टरभित्रै छ ।

उता,सेनाको अस्पताल निर्माणमा संलग्न मेडिकल माफिया विशाल पण्डितलाई सहज हुनेगरी इच्छाअनुसारको स्पेसिफिकेशन तयार पारेर इजी इन्फ्रास्ट्रक्चरलाई दिन लागिएको खबर पनि चुहिएको छ । तर, विवादित सैनिक अधिकारीको रुपमा स्थापित सुदिप अर्यालको योजनामा सैनिक मुख्यालय र शशी भवनमा भएका पटक पटकका उच्चस्तरीय भेटघाटले पनि धेरैलाई शंकाको लाभ मिलेको बताइन्छ  ।

टिप्पणीहरू